जनकपुरधाम । मधेश प्रदेश सरकारले कार्तिक ११ गते मङ्गलबारको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सम्पूर्ण सरकारी कार्यालयहरूमा बिदा हुने जानकारी गराएको हो । मन्त्रालयका अनुसार मिति २०८१ साल चैत्र २२ गते प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालका लागि तोकिएको थप बिदा सम्बन्धी सूचनाअनुसार बिदा दिने निर्णय गरिएको हो ।
कार्तिक १० गते छठको सन्ध्या अर्घ तथा कार्तिक ११ गते विहानको अघर््य दिएपछि औपचारिक रुपमा छठ पर्व सम्पन्न हुनेछ । मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचना अनुसार मधेश प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा निकायहरू कार्तिक ११ गते बन्द रहनेछन् ।
