राजविराज, २७ असोज । जनता समाजवादी पार्टीका युवा नेता निरज झा (निरज मुक्ती) कोरोना संक्रमित भएका छन् ।
एक दिन ज्वरो आएपछि आइतावर परीक्षण गराउँदा सोमवार रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् ।
संक्रमण देखिएपछि चिकित्सकको निगरानीमा उनी राजविराजस्थित होम आइसोलेसनमा बस्दै आएका छन् ।
श्वासप्रश्वासमा सामान्य समस्या देखिएको बताउँदै नेता झाले ५–७ दिन यता आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन आग्रह गरेका छन् ।