पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५५६ जनामा कोरोना संक्रमण, थप १८ जनाको मृत्यु

जनकपुरधाम, २७ असोज । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोही अवधिमा १ हजार ५०३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । जसमा हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । हालसम्म देशभर ४ हजार ७९५ जना क्वारेन्टिनमा रहेका छन् ।

थप १८ जनाको मृत्यु

संक्रमणबाट देशभर थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस