‘नवयुवाहरूको आक्रोश भजाउने दुष्प्रयासले देश विग्रहतिर जानसक्छ’

डा. बाबुराम भट्टराई

पछिल्लो जेन९जी विद्रोहले नेपाली अर्थ९राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमान्दार नागरिकको अगाडि दिनको घाम झैं छर्लंग छ। त्यसको सिधा अर्थ हो अब कुनै पनि वहानामा पुरानो राजनीति, दल,नेतृत्व, संगठन, कार्यशैली,संस्कारलाई सामान्य डेन्टिंग पेन्टिंग गरेर प्रस्तुत गर्ने वा नयाँको नाउँमा खोक्रा पपुलिष्ट एजेण्डा र पुरानै राजा रजौटा शैलीमा चमत्कारिक देवदूतुहरूलाई अघि सारेर नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठूलो बिष्फोट र विग्रहतिर लैजान सक्छ।

स्मरण रहोस् संकटग्रस्त राज्य र समाजको सतहभित्र पुत्पुताइरहोको बहुआयामिक अन्तरविरोधको ज्वालामुखीलाई वेलैमा उचित निकास नदिई स्याउलाले छोपेर सामसुम पार्ने प्रयत्न इतिहासमा कहिल्यै पनि सफल भएको छैन।

अतः यी कार्यहरू तदारूकताका साथ सम्पन्न गर्नेतर्फ सबैको ध्यान जाओस्स्

१। जेन-जी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट)मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस्।

२। कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानवीन अहिले जस्तो कछुवागतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरु तदारूकताका साथ कार्यान्वयन होस्।

३। तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस्।

४। निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढंगले ससम्मान विदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू वीचमा वृहद् ध्रुवीकरण, मोर्चावन्दी, सहकार्य होस्।

(लेखक डा. भट्टराई नेपालका पूर्वप्रधानमन्त्री हुन् ।) Source:facebook

Author:



क्याटोगरी छान्‍नुहोस