शारदा माविमा व्यवस्थापन समिति चयनका लागि मतदान सम्पन्न, चार सदस्य निर्वाचित

दिपा यादव
विष्णुपुर । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित श्री शारदा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्य चयनका लागि सोमबार मतदान सम्पन्न भएको छ।

दुई जना खुल्ला र दुई जना महिला सदस्य चयनका लागि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गरिएको थियो। चार सदस्य छनोटका लागि भएको निर्वाचनमा आठ जनाले उम्मेदवारी दिएका थिए।

विद्यालयका अनुसार कुल २०९ जना अभिभावक मतदातामध्ये १९९ जनाले मतदान गरेका छन्।

मत परिणामअनुसार खुल्ला तर्फ शिवनाथ मण्डलले १०५ मत र कुशेश्वर रामले १०४ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनीहरूका निकटतम प्रतिस्पर्धी हरिनारायण यादवले ७० मत र भवेन्द्र रामले ६८ मत प्राप्त गरेका छन्।

महिला सदस्यतर्फ प्रमिला कुमारी मुखियाले १०४ मत र अन्जु कुमारी यादवले ९८ मत प्राप्त गरी निर्वाचित भएकी छन्। निकटतम प्रतिस्पर्धी सरस्वती कुमारी मुखियाले ६७ मत र सविता कुमारी सुतिहारले ८० मत प्राप्त गरेकी छन्।

विद्यालय व्यवस्थापन समिति छनोट सहयोग समितिका संयोजक रामेन्द्रनाथ यादवले मतदान प्रक्रिया शान्तिपूर्ण र कुनै अवरोधबिना सम्पन्न भएको जानकारी दिए।

निर्वाचन सम्पन्न भएसँगै नव–निर्वाचित व्यवस्थापन समिति सदस्यको कार्यकाल सुरु हुने भएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस