काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्।
उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन्।केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पदका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका थिए।
यसैगरी, महासचिव पदमा शंकर पोखरेल १ हजार २२८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।