अपन पोडकास्टको दोस्रो पहलः दृष्टिविहिन विद्यार्थीलाई न्यानो लुगा 

राजविराज । अपन पोडकास्टले सञ्चारकर्मसँगै समाजिक तथा मानवीय कार्यलाई अगाडि बढाउँदै राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका दृष्टिविहिन विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

विगत केही दिनयता बढ्दो जाडोलाई मध्यनजर गर्दै त्यहाँ अध्ययनरत ६ जना विद्यार्थीलाई आइतबार ज्याकेट, ट्राउजर, टोपी तथा एक–एक थान विद्यालय झोला उपलब्ध गराइएको हो । सामग्री वितरण अघि अपन पोडकास्ट टोलीले विद्यालय प्रशासनसँग आवश्यक समन्वय गर्दै बालबालिकालाई के–कस्तो सामग्री बढी आवश्यक छ भन्नेबारे जानकारी लिएर सोही अनुसार गरिएको अपन पोडकास्टका सञ्चालक लोकेन्द्र साहले जानकारी दिएका छन् ।

उनका अनुसार केही दर्शक तथा शुभेच्छुकबाट स्वेच्छिक रूपमा प्राप्त सहयोग रकम र अपन पोडकास्ट परिवारले समेत थप गरी सामग्री खरिद तथा वितरण गरिएको हो । दृष्टिविहिन विद्यार्थीलाई आवश्यकता अनुसार सामग्री वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक मोहन मिश्रले अपन पोडकास्ट परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

आगामी दिनमा पनि यस्ता सामाजिक र मानवीय कार्यलाई निरन्तरता दिने योजना रहेको अपन पोडकास्ट परिवारले जनाएको छ । युवाहरुलाई यस्ता गतिविधिहरुमा लाग्न समेत उनले आह्वान गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस