मन्दिर र शक्तिपीठमा निषेधाज्ञाः ‘के मन्दिरमा मात्रै कोरोना फैलिन्छन् र?’

राजविराज, १ कार्तिक । प्रदेश २ का प्रदेश सभा सदस्य मोहम्मद समिमले चाडपर्वको बेला शक्तिपीठ र मन्दिरहरुमा लगाइएको निषेधाज्ञाको भत्र्सना गरेका छन् । उनले विज्ञप्ति गर्दै चाडपर्वमा सरकार र प्रशासनद्वारा गरिएको सो कार्यलाई धार्मिक आस्थमाथिको हस्तक्षेपको संज्ञा दिएका हुन् ।

सप्तरी निर्वाचन क्षेत्र ३ (क) बाट निर्वाचत उनले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न राज्यले निर्वाह गर्नुपर्ने भुमिकाभन्दा संघिय र प्रदेश सरकारले प्रतिकुल व्यवहार देखाउँदै आएको विज्ञप्तिमा भनिएको छ ।

‘जनतामाझ कोरोनालाई सरकारले झन भवावह बनाएर प्रस्तुत गर्दै आफ्नो कमि–कमजोरी ढाकछोप गर्न तथा सत्ता लम्ब्याउने षड्यन्त्र भइरहेको तथ्यबाट आम जन पनि अनभिज्ञ छैन’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको भयावहतालाई देखाउँदै सनातन हिन्दु धर्मावलम्बीहरुको धर्म, परम्परा, संस्कार, आस्था र आत्मासँग जोडिएको दशै जस्तो महान पर्वको अवसरमा मठ मन्दिर तथा शक्तिपीठहरुमा लामो निषेधाज्ञा लगाइन्छन् तर मदिरा पसल, होटेल तथा रेस्टुरेन्ट खुल्ला छ ।’

अव्यवस्थित बजार र यातायात, राजनतिक दलहरुलाई पार्टी प्रवेश लगायतका कार्यक्रमहरु गर्न कुनै बन्देज छैन, विज्ञप्तिमा उल्लेख छ । विज्ञिप्तिमा भनिएको छ, ‘के मन्दिरमा मात्रै कोरोना फैलिन्छन् र? अन्य ठाउँमा भिडभाड हुँदा यसको प्रभाव शुन्य हुन्छ र?’

दशैंको अवसरमा मठ मन्दिरमा गरिएको निषेधाज्ञाले मन्दिरमा फुल माला बेच्नेदेखि पार्किङ गरेर सवारी साधन राख्ने हजारौं परिवारको रोजीरोटीमाथि हस्तक्षेप रहेको भन्दै निर्णयलाई परिवर्तन गरी वैकल्पिक व्यवस्था खोज्न स्थानिय प्रशासन लगायत सरोकारबालाहरुसँग माग समेत गरिएको छ ।

दशैं, दिपावली र छठ पर्वको शुभकामना दिँदै उनले सामाजिक दुरी कायम गरी कोरोनाबाट जोगिएर खुसयालीकासाथ चाडपर्व मनाउन आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस