‘नक्सल’को भूतले तर्सिएको सत्ता : प्रतिरोधमाथि नयाँ भाष्य

रोशन जनकपुरी

कुनै बेला कार्ल मार्क्सले भनेका थिए : ‘कम्युनिज्मको भूत युरोपलाई लखेटी रहेको छ ‘। भारतीय राजनीतिमा कम्युनिस्ट आन्दोलन हाल कमजोर अवस्थामा छ । तर कम्युनिस्ट, विशेष गरेर कमरेड चारू मजुमदारकि नेतृत्वमा भएको नक्सलवादी (नक्सलवाडी) आन्दोलनको भूतले समग्र भारतीय राजनीतिलाई लखेट्न छाडेको छैन। बिजेपी सरकारमा आएपछि सरकार विरोधी शहरी तप्काको निम्ति शब्दको विकास गरेको थियो : अर्बन नक्सल। यो शब्दको ट्याग लागेको व्यक्ति होस वा संस्थालाई राज्यले जुनसुकै निहुँ वा निहुँ बिना नै खोरमा हुल्न सक्छ।<p class=

रोशन जनकपुरी" width="316" height="179" />

राज्य समर्थित मिडियाले त्यस्तो व्यक्ति वा संस्था राष्ट्रको निम्ति घातक वा आतंकी भनेर प्रचार गर्ने, र प्रशासनले थुन्ने। यस्तै स्थितिमा जेएनयुका पिएचडी छात्र उमर खालिद पाँच वर्षदेखि बिना कारण कुनै कार्वाही बिना खोरमा थुनिएको छ । उसले आफूलाई गान्धी समर्थक भन्छ र उसको हाल पुस्तक आएको छ _ फ्र्याक्चर्ड डेमोक्यासी । उसको एउटै दोष छ , उ सरकारको कटु आलोचना गर्छ र वामपन्थी छ । ‘अर्बन नक्सल’ यस्तैको निम्ति विकसित गरिएको हो । तर त्यतिले पुगेन।

यस वर्ष भारतको स्वतन्त्रता दिवसमा लाल किलाको प्राचीरबाट भाषण दिने क्रममा भारतीय प्रधानमन्त्रीले नयाँ शब्द विकास गरे _ ‘दिमागी नक्सल’ । तात्पर्य कम्युनिज्मको भूतको भय अलि बढतै छ । केही महिना पहिलेदेखि दिल्लीको जन्तर मन्तर ‌आइसा र सीजेपीको छात्र आन्दोलन अब राजधानीको सीमा नाघ्दै प्रान्त र अन्य तब्कामा पनि पुग्दैछ। शिक्षामा भएको विकृतिको विरुद्ध यो आन्दोलन अब देशको अन्य कुशासन र बिकृतिको विरुद्ध सर्ने देखिँदैछ । विशेषता के छ भने यस ोपटक बौद्धिक वर्ग फ्रन्टमा देखिँदैछ। सामान्यतः हरदम विरोधी तेवर कम्युनिस्टहरूको हुन्छ। यसैले होला यस आन्दोलनमा पनि बिजेपी सरकार मोदी कम्युनिस्टको भूत देख्न थालेका छन् । उनलाई लाग्छ यसको प्रेरणा वाम विद्यार्थी संगठन आइसा छ, त्यसैले उनके ‘दिमागी नक्सल’को शब्दावली गढेका छन्। यो भनेर डेाराउखोजे जस्तो देखिन्छ। तर यथार्थमा यो सत्राता भित्रको आन्दोलनको डर हो ।

यो डर प्रायः सबै सत्तामा हुँदो रहेछ। सरकारी बौद्धिक संगठन प्रज्ञा प्रतिष्ठानका प्रमुख सत्तामा भएको विकृतिको निम्ति विगतका संसदीय पार्टीको आलोचनाको निहुँमा जसरी कम्युनिस्ट घोषणापत्रमाथी खनिएर झुमी झुमी कविता गाउँदै छन्, त्यसमा पनि कम्युनिस्टहरुको त्यही ‘भूत’को भय छ । जब माइतीघर मण्डलामा मीटर ब्याजी विरुद्धजो संघर्ष जस्तो जनसरोकारका विषयमा भइरहेको आन्दोलनहरूमा जब प्रहरीले लठ्ठी बर्साउँछ, गिरफ्तारी गर्छ, र कुनै नेताले यस्मा कम्युनिस्ट षडयन्त्रको गन्ध वा षडयन्त्र देख्छ, मलाई यस्मा पनि तिनै डर सरकारले महसुस गरेको लाग्छ।
यस सन्दर्भमा म मैथिलीमा यात्री र हिन्दीमा नागार्जुनको नामले प्रसिद्ध जनकविको ‘सच न बोलना’ शिर्षकको कविता’ सटिक लागछ। प्रस्तुत त यस कविताको अंश :
“रोज़ी-रोटी, हक की बातें जो भी मुँह पर लाएगा,
कोई भी हो, निश्चय ही वह कम्युनिस्ट कहलाएगा !”
________
“सपने में भी सच न बोलना, वर्ना पकड़े जाओगे,
भैया, लखनऊ-दिल्ली पहुँचो, मेवा-मिसरी पाओगे !
माल मिलेगा रेत सको यदि गला मजूर-किसानों का,
हम मर-भुक्खों से क्या होगा, चरण गहो श्रीमानों का !”
(* यसमा हाम्रो परिवेशमा ‘लखनऊ, दिल्ली’ को ठाउँमा ‘काठमाडौँ’ राखे हुन्छ।)
वस्तुतः यो फासीवादको एक्काइसौं शताब्दीमा विकसित नयाँ चरित्र हो, जो जन प्रतिरोधको सबै रुपको ऐतिहासिक भूमिकालाई घनघोर प्रचारको माध्यमबाट बदनाम र विकृत पार्छ र नयाँ पुस्तालाई भ्रमित पार्छ ; अर्कोतिर विभिन्न निहुँमा जनवादी शक्तिहरुको दमन गर्छ । नयाँ फासीवादको यो चरित्र दक्षिण एसियाका प्राय: सबै सरकारमा देखिन्छ । Source: facebook
Cover Image: AI

Author:



क्याटोगरी छान्‍नुहोस