जनकपुरधाम । दशैको विदामा यसपाली सम्पुर्ण बैंकका शाखाहरु बन्द हुने भएको छ ।
नेपाल बैंकर्स संघले मगंलवार सुचना जारी गर्दै दशैको विदामा सम्पुर्ण बैंकका शाखाहरु ५ दिन बन्द रहने जनाएको छ । कार्तिक ७ गते देखि ११ गतेसम्म बैंकका शाखाहरु बन्द भएपनि डिजिटल बैकिङ्ग सेवा र एटीएम सेवा सुचारु रहने सुचनामा उल्लेख छ ।
कारोना भाईरसको संक्रमणबाट जोगिन तथा जोखिम न्युनिकरणका गर्नका लागि डिजिटल बैकिङ्गको अधिकत्तम प्रयोगमा ल्याउन सुचना मार्फत ग्राहकवर्गहरुमा संघले आग्रह गरेको छ ।
वाणिज्य बैंकका ३ हजार ७०० भन्दा बढी कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।