कोभिड–१९ नियन्त्रण गर्न तत्काल यी कार्यहरु गर्नुपर्दछ : जसपाका अध्यक्ष यादव

राजविराज, १७ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न तत्काल ४–५ वटा कार्यहरु गर्नुपर्ने सरकारलाई सुझाव दिएका छन् ।

चाडपर्वपछि थप संक्रमण फैलिनसक्ने विज्ञहरुद्वारा गरिएको आंकलनलाई नजरअन्दार नगर्न तथा कोभिड–१९ नियन्त्रणमा गम्भीर बन्न आग्रह गर्दै उनले सुझाव दिएका हुन् ।

‘सवैभन्दा पहिले अस्पताललाई व्यवस्थित गर्ने (जनशक्ति, उपकरण र औषधीको व्यवस्था) र प्रयाप्त मात्रमा पिसीआर टेष्ट गर्ने’ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले थपे–‘पोजेटिभ पाइएकोलाई आइसोलेसनमा राख्ने, प्रयाप्त मात्रामा आईसीयू र भेण्टिलेटरको व्यवस्था गर्ने लगायतका कार्य तत्कालै सरकारलाई गर्नुपर्ने आवश्यक छ ।’

विगतमा लामो समय पाएर पनि सरकारले संक्रमण नियन्त्रणतर्फ ठोस कदम चाल्न नसकेको आरोप लगाउँदै उनले अझै पनि गैरजिम्मेवारीपूर्ण रुपमा संविधान र जनस्वास्थ्य विपरित वकतव्यवाजी गरिरहेको टिप्पणी गरे ।

यो पनिः

कोरोनाबाट अकाल मृत्यु रोक्न सरकार गम्भीर बनोस्ः अध्यक्ष यादव

Author:



क्याटोगरी छान्‍नुहोस