विहार विहानसभा : ९४ सिटकालागि दोश्रो चरणमा मतदान हुँदै

पटना । भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत आज (मंगलवार) दोश्रो चरणको मतदान हुँदैछ । दोश्रो चरणमा ९४ विधानसभा सिटका लागि १७ जिल्लामा मतदान भइरहेको आजतकले जनाएको छ ।

पश्चिम चंपारण, पूर्वी चंपारण, शिवहर, सीतामढी, मधुबनी, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सीवान, छपरा, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, भागलपुर, नालंदा र पटना जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिनेछ ।

२४३ सिट रहेको बिहार विधानसभाको आधाभन्दा बढी सिटमा मंगलबार मतदान सम्पन्न हुनेछ । दोस्रो चरणको मतदानका लागि बिहारमा १ हजार ४६३ उमेदवार छन् । बिहारमा विपक्षीका तर्फबाट मुख्यमन्त्रीका उमेदवार तेजस्वी यादव, उनका दाजु तेजप्रताप यादव तथा अन्य कैयौं मुख्य नेताहरुको भाग्यको फैसलाका लागि दोस्रो चरणको मतदान भइरहेको हो ।

२४३ सिट रहेको बिहार विधानसभामा पहिलो चरणको मतदान २८ अक्टुबरमा भइसकेको थियो । जुन् ७१ सिटका लागि मतदान भएको थियो । २०१५ को विधानसभा चुनावमा यी ९४ सिटमा आरजेटी सबैभन्दा धेरै सिटमा विजय हासिल गर्दै ठूलो पार्टीका रुपमा उदाएको थियो ।

सन् २०१५ मा यी ९४ सिटमा आरजेडीले ४५.३ प्रतिशत मत प्राप्त गरेको थियो । अहिले जुन(जुन क्षेत्रमा मतदान भइरहेको छ यो बिहारको निकै पछाडि परेको क्षेत्रका रुपमा परिचित छ । २०१५ को विधानसभा चुनावमा ९४ सिटमध्ये ३३ आरजेडी, ३० जेडीयू, २० बीजेपी, सात कंग्रेस, दुईव एलजेपी तथा दुई सिटमा अन्य पार्टी विजयी भएका थिए । आजतक

Author:



क्याटोगरी छान्‍नुहोस