विहारको चुनाव उत्साहजनकः नितिश, रावडी, तेजस्वी, चिरागले गरे मतदान

बिहार विधानसभा चुनाव २०२० मा दोस्रो चरणको मतदान आज उत्साहकासाथ भईरहेको छ ।

दोस्रो चरणमा १७ जिल्लाको ९४ विधानसभा सीटकालागि मतदान भईरहेको छ । बिहार चुनावको दोस्रो चरणमा १ हजार ४ सय ६३ जना प्रत्यासीको भाग्य र भविष्यको छिनोफानो हुने छ । मतदान शुरु भएलगत्तै विहारका मुख्यमन्त्री नितिश कुमार, उप मुख्यमन्त्री सुशील मोदी, पूर्व मुख्यमन्त्री राबड़ी देवी, नेता तेजस्वी यादव सहितका नेताहरुले मतदान गरेका छन् ।

यसैगरी लोक जनशक्ति पार्टीका नेता चिराग पासवानले समेत राघोपुर विधानसभाको बूथ नम्वर २४ मा पुगेर मतदान गरेका छन् । राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव पटना पुगेर मतदान गरेका छन् । त्यस क्रममा राबड़ीले भनिन् –बिहारमा परिवर्तनको गंगा बगिरहेको छ, बिहारलाई परिवर्तन चाहिएको छ ।

पश्चिम चंपारण, पूर्वी चंपारण, शिवहर, सीतामढी, मधुबनी, दरभंगा, मुजफ्फरपुर, गोपालगंज, सीवान, छपरा, वैशाली, समस्तीपुर, बेगूसराय, खगडिया, भागलपुर, नालंदा र पटना जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिनेछ ।

२४३ सिट रहेको बिहार विधानसभाको आधाभन्दा बढी सिटमा मंगलबार मतदान सम्पन्न हुनेछ । दोस्रो चरणको मतदानका लागि बिहारमा १ हजार ४६३ उमेदवार छन् । बिहारमा विपक्षीका तर्फबाट मुख्यमन्त्रीका उमेदवार तेजस्वी यादव, उनका दाजु तेजप्रताप यादव तथा अन्य कैयौं मुख्य नेताहरुको भाग्यको फैसलाका लागि दोस्रो चरणको मतदान भइरहेको छ । पहिलो चरणको मतदान २८ अक्टुबरमा सम्पन्न भईसकेको छ । जुन् ७१ सिटका लागि मतदान भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस