सप्तरी जिल्ला अदालतमा कम्प्यूटर अपरेटरको आवश्यकता

काठमाडौं । सप्तरी जिल्ला अदालत राजविराजले नेपाल विविध सेवा, विविध समूह अन्तर्गत कम्प्युटर अपरेटर माग गरेको छ । अदालतले करारमा कर्मचारी पदपूर्ति गर्न सूचना जारी गर्दै ७ जना कम्प्युटर अपरेटर माग गरेको हो ।

प्रयोगात्मक परीक्षा तथा अन्तर्वाता प्रक्रियाबाट भर्ना गर्न लागिएको कर्मचारीको प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण गरी युनिकोड नेपालीमा कम्तिमा प्रतिमिनेट २५ शब्द र अंग्रेजीमा ३५ शब्द शुद्धसँग टाइप गर्न सक्ने, एमएस वड, एमएस एक्ससेल, एमएस पावर पोइन्ट, एमएस एक्सेस, एचटीएमएल, इमेल इन्टरनेटको तालिम प्राप्त गरेको योग्यता तोकिएको छ ।

सूचना प्रकाशित गरिएको १ महिनाभित्र नागरिकता प्रमाणपत्र, तालिम, योग्यता, अनुभवको प्रमाणपत्रको प्रतिलिपी, १ प्रति पासपोर्ट साइजको फोटो र शैक्षिक योग्यताको प्रतिलिपीसहित अदालतको प्रशासन शाखामा आवेदन गर्न जारी सूचनामा उल्लेख छ ।

सूचना हेर्नुस् :
operator wanted 2077

Author:



क्याटोगरी छान्‍नुहोस