तिलाठी कोइलाडी गापाका ८६ हरवाचरवा परिवारलाई वसोवास प्रमाण–पत्र

 

राजविराज, २१ कार्तिक । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ४ मा हरवाचरवा समुदायलाई शुक्रवार वसोवास प्रमाण पत्र वितरण गरियो।

कार्यक्रमका प्रमुख अतिथी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले हरवाचरवा ८६ घर परिवारलाई वसोवासको प्रमाण पत्र वितरण गरिएको हो । सुकुम्बासी हरवाचरवालाई कुनै प्रमाणपत्र नरहेकोले विगत ९ वर्षदेखि हरवाचरवा समुदायको अधिकारको क्षेत्रमा काम गर्दैआएको हुर्क नेपाल संस्थाको पहलमा तथा द फ्रिडम फण्ड को सहयोगमा र वडा कार्यालय को समन्वयमा हरवाचरवा सुकुम्बासीहरुलाई वसोवासको सिफारिस प्रमाणपत्र वितरण गरिएको छ ।

स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय एव नीति, कानुन, संस्थागत संरचना र सुशासन कार्यक्रममा हरवाचरवा समुदाय समावेशीकालागि जनवकालत कार्यक्रममा गाउँपालिका अध्यक्ष सतिष कुमार सिंह, वडा नम्वर १ वडा अध्यक्ष दिनेश्वर मिश्र , वडा नम्वर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, वडा नम्वर ४ का वडा अध्यक्ष गोपी मंडल, पूर्व वन अधिकृत ललन मंडल, जनता समाजवादी पार्टीका नेता लक्ष्मण यादव, सुरजित गुडु सिंह, हरवाचरवा अधिकार मञ्चका केन्द्रिय महासचिव लागेन्दर सदा, मञ्चका जिल्ला सचिव रिता देवी रजकले मन्तब्य व्यक्त गरे ।

यसैगरी मञ्चका जिल्ला सदस्य प्रसाद सरदार, भुटानी देवी राम, सञ्जु राय, हरवाचरवा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष हरिदेव राम, हरवाचरवा कञ्चनरुप नगरपालिका अध्यक्ष रामनारायण सदा, हुर्क नेपाल संस्थाका उपाध्यक्ष सुभाष चन्द्र सिंह, हरवाचरवा युवा नमुना समुहका अध्यक्ष मो.फिरोज, जसपा गापा अध्यक्ष सत्यनारायण मुखिया, नेकपाका मुनिलाल मुखिया, नेपाली काँग्रेसका गापा संयोजक अमिर झा, राजेन्द्र देवकी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्दर झा लगायतको उपस्थिति थियो । हुर्क नेपालका अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संस्थाको सदस्य एवम् प्रधानाध्यापक गंगा प्रसाद यादवले गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस