‘वोक्सीजन्य कसूर गर्नेलाई कम्तिमा ८ वर्षसम्म कैद तथा १ लाख रुपैयाँ जरिवाना’

जनकपुरधाम, २२ कार्तिक । सामाजिक विकृती न्यून गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले ‘वोक्सीको आरोप सम्वन्धी कसूर’ दण्डनीय हुने भन्दै सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको सूचनामा वोक्सी आरोप (कसूर र सयाज) ऐन, २०७२ तथा अन्य प्रचलीत कानून अनुसार वोक्सीजन्य कसूर फौजदारी दण्डनीय अपराध रहेको बारे चर्चा गरिएको छ ।

वोक्सीको आरोप सम्वन्धी कसूर भएको वा हुन लागेको जानकारी भएमा जो कोहीले नजिकको प्रहरी निकायमा लिखित जाहेरी वा मौखिक सूचना दिन सक्ने र नेपाल प्रहरीको पैसा नलाग्ने टोल फ्रि नम्वर १०० मा फोन गरेर पनि तत्काल घटनाबारे जानकारी दिन सकिने सूचनामा उल्लेख छ ।

दोषी पाइए यस्तो सजाय हुन्छ

-वोक्सीको आरोप सम्वन्धी अपराध गरे गराएमा कसूरको मात्रा अनुसार ८ वर्षसम्म कैद तथा एक लाख रुपैयाँसम्म जरिवान हुन्छ ।

-वोक्सी आरोपमा अंगभंग गर्नेलर्य थप १० प्रतिशत सजाय हुन्छ ।

-कसैले आफ्नो संरक्षण वा अभिभावकत्वमा रहेको व्यक्ति विरुद्ध वोक्सीको आरोप सम्वन्धी कसूर गरेमा वा सार्वजनिक जवाफदेहीको पदमा वहाल रहेको कुनै व्यक्ति वोक्सीको आरोप सम्वन्धी कसूर गरेमा त्यस्तो व्यक्तिलाई थप २५ प्रतिशत सजाय हुन्छ ।

-वोक्सीको आरोप सम्वन्धी कसूरमा अदालतले पीडकबाट क्षतिपूर्ति भराई दिन्छ ।

-प्रचलित कानून अनुसार यससँग जोडिएको विषयमा अन्य कानूनी कारवाही पनि अघि बढ्दछ ।

Author:



क्याटोगरी छान्‍नुहोस