मोरङमा जुवा खेलिरहेका १६ जना पक्राउ

विराटनगर, ६ मंसिर । मोरङ प्रहरीले रतुवामाई नगरपालिका–८ बाट तास तथा जुवा खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका–७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल रहेका छन् ।

यसैगरी वडा नम्वर ८ का ४४ बर्षीय सन्त राई, ३५ बर्षीय सागर गडतौला, ४५ बर्षीय दिपक ढुङगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका–७ का २२ बर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

गए राति साढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी उनीहरुलाई पक्राउ गरेको हो । नगद एक लाख ६९ हजार छ सय ९५ रुपैयाँ, १६ थान कौडा, तास, १६ थान मोवाइल, १९ वटा मोटरसाईकल र २ वटा कारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फायल तस्बिर ।

Author:



क्याटोगरी छान्‍नुहोस