डा.भट्टराईको सुझाव : ‘प्रधानमन्त्री ओलीले पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ’

जनकपुरधाम, ११ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

विहिवार उनले सामाजिक सञ्जाल ट्विटर गर्दै प्रधानमन्त्रीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्टिय जगत समेतको भ्रष्टाचारसम्बन्धी संगीन आरोपलाई ध्यान दिँदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुने बताएका हुन् ।

नयाँ पत्रिका दैनिकको ‘ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’ शीर्षकको समाचार सेयर गर्दै डा. भट्टराईले यस्तो धारणा राखेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टाईले लेखेका छन्, ‘प्रम@kpsharmaoli मा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई ध्यान दिंदै पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ । अनि यी संरचनात्मक सुधार नगरी भ्रष्टाचार रोकिन्न हैः १शासकीय स्वरूप २निर्वाचन प्रणाली ३जनलोकपाल ४आर्थिक विकास ।’

Author:



क्याटोगरी छान्‍नुहोस