बिराटनगर, २४ मंसिर । मोरङ र सुनसरीका बिभिन्न स्थानबाट नियन्त्रित लागुऔषध सहित पाँच जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको प्रहरी टोलीले २ जनालाई तथा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले रङगेली बसपार्कबाट मंगलवार दिउँसो साँढे ३ बजे सुनवर्सी नगरपालिका ९ का २४ बर्षीय कुन्दन सहनी र १९ बर्षीय आदर्श दासलाई लागुऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित पक्राउ गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी ९ बाट भारतीय नागरीक ओम प्रकाश यादवलाई टर्माडोल हाइड्रोक्लोराइड ८ हजार क्याप्सुल, नाईट्राभेट १० लेखिएको लागुऔषध १ हजार ६ सय ६० क्याप्सुल र सय एम.एल.को ट्लानोकोफ ३० वोतल सहित पक्राउ गरेको हो ।
यस्तै ईटहरी १३ खनारबाट मोरङको जहदा गाउँपालिका(४ का ३७ बर्षीय उमेश कुमार मण्डललाई टर्माडोल हाइड्रोक्लोराइड ३६० क्याप्सुल र स्पासपेन १८८ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको हो । यस्तै ईटहरी ८ का १९ बर्षीय सनम बस्नेतलाई ईटहरी ६ बाट लागुऔषध टर्माडोल हाइड्रोक्लोराइड ४५०० क्याप्सुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।