सेफ्टी ट्याङ्क सफा गर्न पसेका एक मजदुरको निसासिएर मृत्यु, तीन जना वेहोस

लहान, २४ मंसिर । सिरहाको विष्णुपुर गाउँपालिका–४ मा सेफ्टी ट्याङ्क सफा गर्न पसेका एक मजदुरको निसासिएर मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–१ का ५० वर्षीय सुरज पासवानको सेफ्टी ट्याङ्कमा निसारिएर मृत्यु भएको हो ।

उनलाई निकाल्न पसेका अन्य तीन जना पनि वेहोस भएका छन् । राम अवतार साहको निर्माणधिन ट्वाइलेटको सेफ्टी ट्याङ्क सफा गर्न पसेको पासवानको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसैगरी उनलाई निकाल्न पसेका सुखिपुर नगरपालिका–५ का १८ वार्षीय राम सिहहेश्वर सदा, कल्याणपुर र नगरपालिका–१का देवनारायण पासमान र सोही ठाउँका राम औतार पासमान वेहोस भएका छन् । तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस