साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः पार्टी एकता

जनकपुरधाम, २४ मंसिर । साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः पार्टी एकता भएको छ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहने गरी एकीकरण भएको हो ।

दुबै दलबाट सचिवालयमा १३/१३ जना तथा केन्द्रीय कमिटीमा ६५/६५ जना सदस्य रहेका छन् ।एकता सम्झौतामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।

वरियतामा पहिलो रहेका मिश्र पार्टीको अध्यक्ष र दोस्रो वरियतामा रहेका पाण्डेलाई संयोजक बनाइएको छ । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै राखिएको छ ।

यी दुई पार्टीबीच २०७४ साउन ११ गते पहिलोपल्ट एकता भएको थियो । पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस