विद्युत प्राधिकरणका इलेक्ट्रिसियन पाण्डे घुस रकमसहित पक्राउ

जनकपुरधाम, २४ मंसिर । सर्लाहीस्थित नेपाल विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्रका एक कर्मचारीलाई आज (बुधवार) घुस रकमसहित रङ्गेहात पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले केन्द्रका इलेक्ट्रिसियन मनोज कुमार पाण्डेलाई घुससहित पक्राउ गरेको हो ।

विद्युत मिटरको क्षमता बृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको सूचनाका आधारमा खटिएको टोलीले पाण्डेलाई ८ हजार अतिरिक्त रकम नियन्त्रणमा लिएको छ । पाण्डेमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस