समाचार प्रभावः ११ वर्षदेखि अलपत्र पुलको निर्माण सुरु

राजविराज, २९ मंसिर । २०६६ सालमै निर्माण सुरु भएर अलपत्र रहेको सप्तरीकोे छिन्नमस्ता गाउँपालिका–२ स्थित छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीको पुल निर्माण कार्य सुरु भएको छ । ११ वर्षदेखि अलपत्र रहेको पुलको विषयमा ‘मधेश लाइन’मा समाचार सार्वजनिक भएपछि पुल निर्माण कार्य सुरु भएको हो ।

रमपुरा र मोहनपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने घोरदह नदीको पुल नहुँदा दशकैंदेखि जोखिम मोलेरै सर्वसाधारण नदी वारपार गर्दै आएका थिए ।

एक करोड २५ लाखमा समझौता भएर निर्माण सुरु भए पनि ११ वर्ष वितिसक्दा समेत निर्माण कार्य पुरा हुन नसकेको थिएन ।

अहिले पुनः निर्माण कार्य सुरु भएसँगै सर्वसाधारणहरु खुशी भएका छन् । ‘११ वर्षअघि समझौता भएर पुल निमार्ण कार्य सुरु भए, केही समय निरन्तर रुपमै काम भए पनि’ स्थानीय विनोद कुमार साफीले भने–‘त्यसपछि निमार्ण काम रोकिएकै थियो, जसका कारणले गाउँका कोही विरामी पर्दा वा गर्भवति महिलालाई व्यथा लाग्दा एम्बुलेन्ससम्म पनि गाउँमा पुग्दैन् ।’

पुल निर्माण सम्पन्न भएपछि यी समस्याहरु समाधान भई गाउँको विकासमा समेत टेवा पुग्ने उनले बताए ।

उता, पुल निर्माणको ठेक्का पाएका आशिष निर्माण सेवाले असार मसान्तभित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी कार्य थालिएको प्रक्रिया दिए । ‘विभिन्न समस्याले निर्माण सम्पन्न गर्न केही ढिलाई भएपनि अब चाँडै पुल निर्माण भइसक्ने छ’ निर्माण कम्पनीका प्रतिनिधि मुकेश कुमार यादवले भने–‘अहिलेसम्म ६५ प्रतिशत काम भइसकेको छ र बाँकी काम पनि असारभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’

११ वर्षमा पनि बनेन घोरदह नदीको पुल !

Author:



क्याटोगरी छान्‍नुहोस