मिटरब्याजीको आरोपमा विराटनगरका एजाज पक्राउ

विराटनगर, ६ पौष । मिटरब्याजमा लगानी गरी जबरजस्ती पैसा असुल गरेको आरोपमा मोरङका एक जनालाई सोमवार पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–९ घोघापुल चोकका एजाज शेख छन् ।

शेखले सर्वसाधारणलाई नियन्त्रणमा लिएर पैसा असुल गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । यद्यपी, शेखले सर्वसाधारणबाट आपराधिक लाभ कति लिएको भन्नेबारे खुल्न सकेको छैन् ।

शेख चक्रवर्ती मिटर ब्याज लगानीमा संलग्न रहेको प्रहरीको दावी छ । मिटर ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले गत साता सोही ठाउँका सञ्जय रौनियार पक्राउ गरेको थियो ।

रौनियारकै धन्दामा शेखले सहयोग गर्दै आएको सर्वसाधारणको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस