बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण

 

राजविराज, २३ पुस । बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम विहीबार राजविराजमा सम्पन्न भएको छ ।

बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर २ जनकपुरधामले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । अभिुमखिकरणमा बालविवाहका कारण, असर र न्यूनीकरणको विषयका साथै लैङ्गिक हिंसाका विषयमा प्रशिक्षण दिइएको छ ।

कलिलो उमेरमा विवाह गर्दा स्वास्थ्यमा असर पर्ने, पारिवारिक हिंसा बढने, सन्तान जन्माउन नसक्दा सुत्केरीको ज्यान जोखिममा पर्ने, दिर्घरोगी हुने, यौन दुव्र्यवहारमा पर्ने हुदा सो विषयमा सबैलाई सुसुचित गराउन किशोरकिशोरीहरु प्रतिवद्ध भएका छन् । कार्यक्रममा सहजकर्ता इन्सेक प्रतिनिधी मनोहर पोखरेलले हिंसा र दुव्र्यवहारबाट जोगिने उपायका साथै हिंसाविरुद्ध प्रतिकार र उजुरी गर्ने निकायका बारेमा जानकारी गराए ।

राजविराज नगरपालिकालाई बालमैत्री नगर बनाउन र बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिअनुसार सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र बनाउन किशोरकिशोरीको क्षमता अभिवद्धि गर्न कार्यक्रम गरिएको इन्सेकले जनाएको छ । मानवअधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक गिरीराज पौडेल र इन्सेकका सहजकर्ता दिपक यादवले अभिमुखिकरण कार्यक्रमको उद्देश्यबारे बताए ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्तर्गत अभियानलाई सशक्त बनाउनु पर्ने आवश्यकतामाथि अध्यक्ष साहले जोड दिए । कार्यक्रममा कक्षा ८ र ९ का ८६ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस