नेकपाको राष्ट्रिय युवा संघको कार्यक्रममा यस्तो देखियो (हेर्नुहोस् तस्विर)

राजविराज, ८ माघ । सत्तारुढ पक्षको नेकपा निकट राष्ट्रिय युवा संघ सप्तरीद्वारा राजविराज स्थित राजरंगशालामा विहीबार वृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा विवाद उत्पन्न हुनसक्ने सम्भावना देखिएपछि जिल्ला समन्वय समितिको सभाहलमा राखिएको कार्यक्रम तत्कालै रंगशालामा सारिएको हो । कार्यक्रममा अप्रिय घटना हुन नदिन व्यापक रुपमा कार्यक्रम स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली व्यापक संख्यामा परिचालन गरिएको छ । यसकासाथै सुरक्षा सतर्कता अपनाउँदै सप्तरी प्रशासनद्वारा ड्रोन क्यामेराबाट निगरानी गरिएको छ ।

राष्ट्रिय युवा संघ सप्तरीको उक्त कार्यक्रम अघि मोटरसाइकल र्याली समेत आयोजना गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस