राजविराज, १४ माघ । प्रदेश २ का सवै जिल्लामा एकैसाथ कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने कार्य बुधवारबाट सुरु भएको छ । प्रदेश सरकारको निर्णयअनुसार सप्तरीमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोपको शुभारम्भ गरेका छन् ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट खोपको शुभारम्भ भएको हो । सप्तरीमा पहिलो खोप सोही अस्पतालमा कार्यरत स्टाफ नर्स सुनीता यादवले लगाएकी छन् भने दोश्रो खोप एम्बुलेन्स चालक धनश्याम यादवले लगाएका हुन् ।गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकी स्टाफ नर्स सुनीता यादवले पहिलो खोप लिइँदै ।
सप्तरीमा पहिलो चरणमा अग्रमोर्चामा रहेर कार्य गरिरहेका ३ हजार ७५४ जनलाई खोप लगाउन गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र प्रहरी अस्पताल रुपनी गरी दुई वटा केन्द्र निर्धारण छ ।
दुवै केन्द्रबाट स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारी गरी पहिलो चरणमा कुल ३ हजार ७५४ जनालाई खोप लगाउने कार्य थालिएको स्वास्थ्य कार्यालयका स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।
भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई दिएको कोभिशिल्ड नामक कोरोना विरुद्धको खोप प्रदेश हुँदै सप्तरीमा ८३३ भाइल अर्थात ८ हजार ३३० डोज आएको जनाएको छ ।
यो पनिः