रुपनी गाउँपालिकाः अध्यक्षकै अडिओ ‘छ करोड रुपैयाँ कमाए’, के हो वास्तविकता ?

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले एक व्यक्तिसँग गरेको अडिओ संवाद केही दिनयता सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

सो व्यक्तिसँग गरिएको संवादमा अध्यक्ष यादवले भनेका छन्, ‘छ करोड रुपैयाँ अखनतकमे कमेलिए’से ओहीना !, जिल्ला समन्वय समितिमे रहै ना प्रतिवेदन । सप्तरी जिल्लाके टोटल सरकारी कार्यालय आ टोटल पालिका प्रोजेक्टरमे देखवैछेले । त हमरा ल प्रमाण बोलेछै । कथि देएने छियइ, ककरा देएने छियइ फोटो समेत…’

अर्थात ‘अहिलेसम्म त्यसै छ करोड रुपैयाँ कमाए !, जिल्ला समन्वय समितिमा थियो नि प्रतिवेदन । सप्तरी जिल्लाका सवै सरकारी कार्यालय र सवै पालिकाले प्रोजेक्टरमा देखाए । त हामीसँग भएको प्रमाणले बोल्छ । के दिएको छु, कसलाई दिएको छु फोटो समेत…’

अडिओमा संवाद सुरु हुनासाथ नै ‘अहिलेसम्म त्यसै छ करोड रुपैयाँ कमाए’ भने वाक्यले अध्यक्ष यादवले कमाएको कुरा स्वीकार गरेझैं सुनिन्छ । तर त्यसपछि भएको संवादले केही अन्यौलता बढाउँछ । ‘जिल्ला समन्वय समितिमा थियो नि प्रतिवेदन जहाँ जिल्लाभरका सरकारी कार्यालय र सवै स्थानीय तहले आ–आफ्नो प्रतिवेदन प्रोजेक्टरमार्फत प्रस्तुत गरे’ भन्नुको अर्थ कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिले कानून विपरित कमाएको प्रतिवेदनमार्फत सार्वजनिक गर्ने कुरा त होइन् । यी समग्र विषयमा गाउँपालिका अध्यक्षसँग गरिएको कुराकानी–

सामाजिक सञ्जालमा भाइरल भइरहेको तपाईको अडिओमा छ करोड रुपैयाँ कमाए भन्ने स्वीकार नै गर्नु भएको छ ?

मैले छ करोड रुपैयाँ कमाए भने कुरा स्वीकार गर्नुभन्दा पनि मैले बोलेको चैं हो । तर मैले बोलेको सो अडिओमा कुराकानी भएको सवै अंश छैन् । ती कुराहरु भएको भए आफैं छर्लङ्ग हुन्थ्यो । भ्रम फैलाउने उद्देश्यले नै मेरो कुराकानीमा काँटछाँट (इडिट) गरेर भाइरल बनाइएको छ ।

के हो वास्तविकता त, छ करोड कमाएकै कुरा कसरी आयो, फेरी तपाई आफ्नै मुखले बोल्नु भएको पनि हुनुहुन्छ नि ?

मैले नै बोलेको हुँ भने कुरा अहिले पनि म स्वीकार गर्छु । तर प्रसङ्ग थियो । मैले छ करोड रुपैयाँ खाए रे । त्यसको जवाफ मैले दिएको हुँ । जब गाउँपालिकाले ३ करोड रुपैयाँ मात्रै बजेट चलाएको छ भने छ करोड कसरी खाने? यद्यपी कोही भन्छन् खाए भने हो मैले छ करोड रुपैयाँ खाए, …३ करोड रुपैयाँ गाउँपालिकाको बजेटबाट मैले छ करोड रुपैयाँ कमाए ।

३ करोड रुपैयाँको बजेटमा कोही छ करोड रुपैयाँ खान्छ र ? ती कुराकानीबाट अगाडीको अंश काँटछाँट गरेर पछाडीकोलाई मात्रै हाइलाइट गरेर भ्रम फैलाइएको छ । पत्याउने खालका विरोध गरे त हुन्थ्यो । विरोध गर्नैकालागि विरोध गर्छन् भने मलाई भन्नु केही छैन् । म काममा विश्वास गर्छु । काम गर्यो भने यस्ता विरोधहरुले मलाई रतिभर पनि फरक पर्दैन् । जनतालाई सवै थाहा छ ।

जिल्ला समन्वय समितिमा सवै समक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको कुरा पनि आएको छ के त्यो प्रतिवेदन ?

छ करोड रुपैयाँ कमाउनु भयो भने मलाई आरोपसहितको प्रश्न गरेपछि मैले जवाफ दिएको हुँ । जब गाउँपालिकाले ३ करोड रुपैयाँ मात्रै बजेट चलाएको छ भने छ करोड कसरी खाने ? यद्यपी कोही भन्छन् खाए भने हो मैले छ करोड रुपैयाँ खाए, …३ करोड रुपैयाँ गाउँपालिकाको बजेटबाट मैले छ करोड रुपैयाँ कमाए । हो, त्यही गाउँपालिकाको बजेट ३ करोड रुपैयाँ कहाँ र कसरी भयो भने हामीले प्रोजेक्टर मार्फत जिल्ला समन्वय समितिमा प्रस्तुत गरे । हामीसँग प्रमाण छ । के कति र कहाँ बजेट खर्च गरे । सवैको फोटोसहित प्रमाण छ । चित्त नवुझे गाउँपालिकामा आउनुस् हामी हरक्षण प्रमाण देखाउन तयार रहन्छौं । तर अनाहकमा बदनाम गर्ने काम कदापी नहोस् ।

त्यसो भए बदनाम गर्ने नियतले यस्तो भएको हो ?

स्पष्ट छ । यो मनसाय नै बदनाम गर्ने देखियो । केही व्यक्ति र केही स्थानीय पत्रकार छन् । उहाँहरु गाउँपालिकालाई बदनाम गर्ने यत्नमा लागिरहेका हुन्छन् । तथ्य विहीन कुराहरुलाई पनि सामाजिक सञ्जाल र नेटमार्फत हालिरहन्छ । तथ्यपूर्ण समाचार सम्प्रेशन गरे त हुन्थ्यो ।

तर दुःख दिने काम मात्रै भएको छ । म चुनौती दिन चाहन्छु । सडक तथा विकास निर्माणका अन्य काम गर्दा रकम चलखेल तथा हिनामिना गरेको कुरा प्रमाणित गरेर देखाइदिनुस् । एक–एक रुपैयाँ बेर्होछु र कानूनअनुसार सहन्छु पनि ।

दुःख दिने काम भयो वा कसैले तथ्यहीन कुराहरुमार्फत भ्रम फैलाउने काम गरे भने त्यसको वैकल्पिक बाटो पनि छ नि ?

अब हामी वैकल्पिक बाटोमै जाने तयारीमा छु । गृह कार्य भइरहेको छ । त्यस्ताहरु विरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा हाल्ने गाउँपालिकाको तयारी छ । अहिले हामी त्यही काममा लागेको छु ।

Author:



क्याटोगरी छान्‍नुहोस