प्रधानमन्त्रीसँगको भेटवार्तामा जसपाको तीन बटम लाइन

जनकपुरधाम । सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच विहिवार साँझ भेटवार्ता भएको छ । भेटमा जसपाले सरकारमा सहभागी हुनका लागि राखेका तीन बुँदे सर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

सत्तारुढ दल एमालेका शीर्ष नेताहरूलाई राखेर प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा जसपाले कैदी बन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन बटम लाइन राखेका छन् । मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको एक सहभागीले बताएका छन् ।

एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको एक कार्यदल बनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780