कोरोना उच्च अदालतमा प्रवेश, न्यायाधिस पनि संक्रमित

राजविराज, ११ साउन । सप्तरीको राजविराजस्थित उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिस र वडा प्रहरीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार आएको परीक्षण रिपोर्ट अनुसार ५८ वर्षीय न्यायाधिस र ३२ वर्षीय प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

न्यायाधिस काठमाण्डौ निवासी हुन भने प्रहरी सिरहा निवासी रहेको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । उनकाअनुसार केहीअघि मात्रै उच्च अदालत सरकारी वकिल कार्यालय राजविराजका प्रमुखमा संक्रमण पुष्टि भएपछि न्यायाधिस र कर्मचारीहरुको पनि परीक्षण गर्न स्वाब संकलन गरिएको थियो ।

यसैगरी तिरहुँत गाउँपालिका वडा नं. २, ३ र ४ का एक–एक तथा वडा नं. ५ का दुई जनामा संक्रमण पुष्टि भएको प्रमुख यादवले मधेश लाइभलाई बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस