विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगर : विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

मृत्यु भएका बृद्धलाई कोरोना संक्रमण भएपछि गत २५ गते अस्पतालमा भर्ना गरिएको थियो । घरकै परिवारलाई संक्रमण भएपछि उनीसहित उनका अन्य चारजना आफन्त पनि अस्पताल भर्ना भएका थिए ।

सुगरका समेत बिरामी रहेका वृद्धको उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन एपोलो भगतले बताए । वृद्धको शव राती नै आफन्तको जिम्मा लगाइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780