सप्तरीमा देखिएको कोरोनाको अवस्थाप्रति मुख्यमन्त्री चिन्तित

राजविराज, १२ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणको वस्तुस्थितीबारे जानकारी लिन सोमवार सप्तरी सदरमुकाम राजविराज आएका छन ।

राजविराजका समुदायस्तरमा संक्रमण तीव्र रुपमा बढिरहेकाले सो विषयमा स्थलगत जानकारी लिन उनी सप्तरी आएका हुन् । मुख्यमन्त्री राउतको संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति खटिएका सरोकारवालाहरुसँग छलफल गर्ने कार्यक्रमअनुसार हाल राजविराज नगरपालिकाको सभाहलमा छलफल कार्यक्रम जारी रहेको छ ।

सोही क्रममा संक्रमण नियन्त्रण तथा रोकथाम गर्न प्रदेश सरकारले गरिरहेको कार्यहरुबारे जानकारीकासाथै सप्तरीमा संक्रमण नियन्त्रण गर्न मुख्यमन्त्री राउतले विषेश प्याकेज घोषणा गर्ने कार्यक्रम समेत रहेको श्रोतले जनाएको छ ।

छलफलमा समाजिक विकास मन्त्री नवलकिशोर साह (रामबाबु), मुख्यमन्त्री कार्यालयका सचिव विरेन्द्र यादव, जिल्ला समन्वय समितिका सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, बलान विहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत लगायतका सहभाागी छन ।

यसैगरी, स्वास्थ्य कार्यालयका प्रमुख दुनीयालाल यादव, गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा.रञ्चित झा, जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी आनन्द कुमार ठाकुर, जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रमुख राजनितिक दलआवद्ध नेताहरुको सहभागीता रहेको जनाएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस