एसइईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

राजविराज । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै साता सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यसै साता एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । जसकालागि देशभरबाट सवै वितरण आइसकेको तथा रुजु गर्ने कार्य जारी रहेको जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले शिक्षा पत्रकार समूहले आयोजना गरेको एक कार्यक्रममा भने–‘सफ्ट र हार्डकपी रुजु गर्ने कार्य जारी छ, यसै साता नतिजा सार्वजनिक गर्ने तयारी छ ।’ यस बर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण परीक्षा सुरु हुनु एकदिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो । सरकारले कोरोनाका कारण परीक्षा लिनसक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस