देशभरका विद्यालय बन्दको निर्णय, वैकल्पिक माध्यमबाट मात्रै पढाइने

जनकपुरधाम । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना संक्रमण बढ्दै गएको कारण देखाउँदै देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । तर विद्यालय बन्द भएपनि भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राखिने सीसीएमसीका सचिवालय संयोजक तथा सचिव डा खगराज बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि फागुन ६ मा मन्त्रिपरिषद्ले देशका प्रमुख सहरका विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट पठनपाठनको निर्णय गरेको थियो ।

अहिले आएर सीसीएमसी बैठकले नयाँ निर्णय गर्दै देशभरकै विद्यालयमा भौतिकरुपमा पठनपाठन हुन नसक्ने निष्कर्ष निकाल्दै बन्दको निर्णय गरेको हो । सीसीएमसीले पूर्वनिर्धारित सबै परीक्षा पनि स्थगन गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780