जनकपुरधाम, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । सोमबार बसेको विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको हो ।
सोमबारै विश्वविद्यालय सूचना जारी कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरूमा लकडाउन तथा निषेधाज्ञा हुने भन्दै सञ्चालित भईरहेका र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षा भोली (मंगलाबार)बाट स्थगित भएको जनाएको छ ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको सूचनामा जनाइएको छ ।