पूर्व रानी कोमललाई आइसीयूमा राखेर उपचार हुँदै

जनकपुर । कोरोना संक्रमित पूर्व रानी कोमल राज्यलक्ष्मी शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ ।

उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार भइरहेको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको सूचना अधिकारी बाँस्तोलाले बताए ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । वैशाख ७ गते पूर्वराजपरिवारलर्य कोरोना संक्रमण पुष्टिभएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780