भारतमा काेराेनाकाे कहर, दैनिक ४५ हजारबढीमा संक्रमण

राजविराज । भारतमा पछिल्लो ६ दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । दैनिक ४५ हजारभन्दा बढीका दरले कोरोना संक्रमित बढ्दै गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

जसअनुसार साउन ८ गते ४५ हजार ७२०, ९ गते ४९ हजार ३१०, साउन १० गते ४८ हजार ९१६, ११ गते ४८ हजार ६६१, १२ गते ४९ हजार ९३१ र १३ गते (हिजो) ४७ हजार ७०३ कोरोना संक्रमित थपिरहेका छन।

कोरोना संक्रमितको संख्या भारतमा मात्रै १४ लाख ८३ हजार १५६ पुगेको छ भने हालसम्म ३३ हजार ४२५ को मृत्यु भइसकेको जनाएको छ ।

लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ तथ्यांकले देखाएको छ । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । सबैभन्दा धेरै मृत्यु हुने देशको सूचिमा भने छैटौं स्थानमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार