प्रदेश २ मा ७ हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित, कुन जिल्लामा कति ?

जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ । पछिल्लो बुधवार प्रदेशभरमा थप ५०६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको हो ।

हाल प्रदेशमा ७ हजार २९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले बताए । उनका अनुसार सबैभन्दा बढी पर्सामा र सबैभन्दा कम सर्लाहीमा सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितको सूचीः
सप्तरी–४८८
सिरहा–३२५
धनुषा–१६७९
महोत्तरी–८०२
सर्लाही–८७
रौतहट–५४९
बारा–८१९
पर्सा–२५३४

Author:



क्याटोगरी छान्‍नुहोस