राजनीतिकर्मी दम्पतिद्वारा गाउँमा मास्क र साबुन

राजविराज, १४ साउन । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर ५ स्थित दमाबतीका एक राजनीतिकर्मी दम्पतिले व्यक्तिगत रुपमा गाउँका सर्वसाधारणलाई मास्क र साबुन वितरण गरेका छन् ।

जनता समाजवादीका नेता गङ्गाराम यादव र उनकी धर्मपत्नी सुशीला देवी यादवद्वारा कोरोना भाइरसबाट जोगिनकालागि आठ सय जनालाई एक एक थान सर्जिकल मास्क र डेटोल साबुन उपलब्ध गराएका हुन् । आफ्नै नाममा स्थापना गरेको गङाराम सुशीला देवी ट्रष्ट मार्फत उक्त सामग्री उपलब्ध गराएको स्थानीय युवा समाजसेवी शैलेन्द्र यादवले जानकारी दिएका छन् ।

कोरोना भाइरस महामारीको रुपमा फैलिदैगईरहँदा पनि सर्वसाधारणमा सचेतनाको अभाव रहेको ट्रष्टका संस्थापक गङ्गाराम यादवले जानकारी दिएका छन् । उनका अनुसार सामग्री वितरणका क्रममा नियमित रुपमा मास्क लगाउन र साबुन पानीले हात धुन सचेतना दिईएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस