सप्तरी–सिरहाको १८ हजार हेक्टर धान बाली डुबानमा

राजविराज, १५ साउन । विगत केही दिनयताको निरन्तरको वर्षा र बाढीका कारण सप्तरी र सिरहा जिल्लाको १८ हजार ३ सय २३ हेक्टर जग्गामा लगाईएको धान बाली डुबानमा परेको छ ।

बाढीले गर्दा सप्तरीमा मात्रै ९ हजार ३ सय ३५ हेक्टर र सिरहा जिल्लामा ८ हजार ९ सय ८८ हेक्टर धान खेती डुबानमा परेको हो । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्र यादवका अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक हजार ९ सय पचास, तिलाठी कोइलाडी गाउँपालिकामा एक हजार ७ सय ५०, महदेवा गाउँपालिकामा ३ सय, तिरहुत गाउँपालिकामा ४ सय ५० हेक्टर जग्गामा लगाईएको धान खेती डुबानमा परेको छ । यसैगरी राजगढ गाउँपालिकामा ४ सय ५०, छिन्नमस्ता गाउँपालिकामा एक हजार ४ सय ३५ र डाक्नेश्वरी नगरपालिकामा एक हजार ४ सय ५० हेक्टर जग्गामा लगाईएको धानबाली डुबानमा परेको छ ।

यस्तै सिरहा जिल्लाको भगवानपुर गाउँपालिकामा ८ सय, नवराजपुर गाउँपालिकामा ७ सय, बरियारपट्टी गाउँपालिका ९ सय, औरही गाउँपालिकामा ९ सय ३८, सिरहा नगरपालिका ४ हजार ५ सय, कल्याणपुर नगरपालिका ७ सय र लक्ष्मीपुर पतारी गाउँपालिकामा ४ सय ५० हेक्टरमा लगाईएको धान खेती डुबानमा परेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस