एम एण्ड एम अटो मोटर पार्ट्स शोरुम आफ्नै भवनमा

बोदे बरसाईन, ७ कार्तिक । सप्तरीको खडक नगरपालिका वडा नम्वर ८ विसनपुरस्थित एम एण्ड एम अटो मोटर पार्ट्स शोरुम आफ्नै भवनमा सरेको छ । शुक्रवार आयोजित एक समारोहका बीच सो भवनमा एम एण्ड एम अटो मोटर पार्ट्स शोरुम उद्घाटन गरिएको हो ।

नगरपालिकाका मेयर हेमायु हकले एम एण्ड एम अटो मोटर पार्ट्स शोरुमको उद्घाटन गरेका छन् । यसअघि सोही वडास्थित विसनपुरमा सो शोरुम रहेको थियो । पुरानो शोरुमभन्दा पूर्वतर्फ करिब ५ सय मिटरको दुरीमा (राजमार्गसँगै उत्तरतर्फ) आफ्नै भवन तयार भएसँगै शोरुम सारिएको सञ्चालक अनवर अलीले जानकारी दिए ।

यद्यपी ग्यारेज, पार्ट्स विक्री लगायतका कार्य पुरानै ठाउँबाट उपलब्ध गराइने र नयाँ भवनमा सञ्चालन भएको शोरुमबाट नयाँ मोटरसाइकलकासाथै अन्य फ्रिज, वासिङ मेसिङ्ग, पंखा लगायतका ईलेक्ट्रोनिक्स सामानहरु विक्री गरिने जनाएको छ ।

चाडपर्वको बेला इलेक्ट्रोनिक्स सामानहरुमा विशेष छुट उपलब्ध गराइरहेको सञ्चालन अलीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस