पछिल्लो २४ घण्टामा ४ हजार ४९९ काेराेना संक्रमित थपिए, २ हजार ६६८ डिस्चार्ज

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

Author:



क्याटोगरी छान्‍नुहोस