प्रदेश सरकारद्वारा दुई दिन छठ विदाको निरन्तरता

राजविराज, ५ मंसिर । प्रदेश २ सरकारले छठ पर्वको अवसरमा दिँदैआएको विदालाई यो वर्ष समेत निरन्तरता दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले शुक्रवार शुभकामना सन्देश जारी गर्दै स्थापनाकालदेखि नै छठ पर्वको अवसरमा दुई दिनसम्म दिँदैआएको सार्वजनिक विदालाई योवर्ष पनि निरन्तरता पाएको जनाएका हुन् । शुक्रवार र शनिवार दुई दिन सार्वजनिक विदा क्यालेण्डरमै सार्वजनिक गरिसकेको भन्दै मुख्यमन्त्री राउतले यस विषयमा कुनै अलमलमा नपर्न आग्रह गरेका छन् ।

विश्वसहित देश अहिले कोरोना महामारीको चपेटमा रहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउँदै लोक आस्थाको महापर्व छठ हर्षोल्लासकासाथ मनाउन सम्पूर्ण प्रदेशवासीमा मुख्यमन्त्री राउतले अपील गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस