मुख्यमन्त्री राउतद्वारा छठ पर्वमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना

जनकपुरधाम, ५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वको अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्वी र प्रदेशवासीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

शुक्रवार शुभकामना वकतव्य जारी गर्दै प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै लोक आस्थाको पर्व छठ मनाउन शुक्रवार र शनिवार सार्वजनिक विदा रहेको उल्लेख गरिसकेकोले अलमलमा नपर्न आग्रह गरिएको छ ।

वकतव्यमा भनिएको छ, ‘प्रदेश सरकार स्थापनाकालदेखि नै छठ पर्वको अवसरमा दुई दिन (षष्ठी र सप्तमी तिथि)मा विदा दिने गरेको र यस वर्ष पनि दुई दिन शुक्रवार र शनिवार सार्वजनिक विदा प्रदेश सरकारको वार्षिक क्यालेण्डरमै सार्वजनिक गरि सकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गर्दछौं ।’

वकतव्यमा विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोक आस्थाको महापर्व छठ हर्षोल्लासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपिल गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस