सप्तरीको बोदे बरसाईनकी एक वृद्धाको कोरोनाबाट मृत्यु

राजविराज, ५ मंसिर । सप्तरीको बोदे बरसाईन नगरपालिकाकी एक वृद्धाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको कोभिड अस्पतालमा वडा नम्वर ३ की ७१ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

उपचाररत अस्पतालमा भर्ना भएकी वृद्धाको विहिवार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए । निमोनिया सम्वन्धी समस्या देखिएको उनमा विहिवारै कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस