सप्तरीको तिलाठीस्थित दशगज्जा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीबीच झडप

राजविराज, २४ मंसिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित दशगज्जा क्षेत्रमा बुधवार सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । दिउँसो करिब ३ बजेर १५ मिनेटतिर सादा पोशाकमा पुगेका नेपाल प्रहरीका जवानले भारतीय बजार कुनौलीबाट सामानसहित आउनेहरुलाई रोकेर चेकजाँच गर्न थालेपछि विवाद सुरु भएको हो ।

विवादकै क्रममा गाली गलौज, घम्साघम्सी हुँदै हतियार तानातानसम्म भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । श्रोतका अनुसार भारतसँग जोडिएका सिमा नाकाहरु ठप्प रहेको वेला समेत सप्तरीस्थित नाकाहरुवाट खुलेआम तस्करी भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट अनुगमनका निम्ती सादा पोशाकका टोली परिचालित भएका थिए ।

भारतवाट आउने गरेकाहरुलाई रोक्ने तथा उनीहरुले ल्याउने गरेको सामानहरुको चेकजाँच थाल्दा नजिकै ड्युटीमा रहेका सशस्त्र प्रहरीले सादा पोशाकमा रहेका नेपाल प्रहरीलाई रोक्न खोज्दा झडप भएको छ । झडपको क्रममा नेपाल प्रहरीका जवान बढी कुटिएको प्रहरी श्रोतले जनाएको छ ।

उता बोर्डर आउट पोष्ट तिलाठीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुशिल केसीले दुवै सुरक्षा निकाय बीच ‘मिस–अण्डर स्ट्याण्डिङ्ग’का कारण समान्य सोधपुछ वाहेक केही नभएको बताए । ‘उहाँहरु (नेपाल प्रहरी) सादा पोशाकमा हुँदा सर्वसाधारणहरुबाट चेक पोष्टमा गुनासो गएको थियो’ उनले भने –‘चेक पोष्टमा रहेका हाम्रा जवानहरुलाई उहाँहरु(नेपाल प्रहरी)लाई सोध्नुभो उहाँहरु पनि प्रहरी नै रहेको थाहा भएपछि तत्कालै समस्या समाधान भएको हो ।’

यता, जिल्ला प्रहरी कार्यालयका डिएपी भुवनेश्वरप्रसाद साहले आफु मिटिङ्गमा रहेकोले सो विषयमा जानकारी नपाएको बताए । ‘म मिटिङ्गमा व्यस्त भएर सो विषयमा जानकारी भएन’ उनले भने–‘बाँकी वुझ्दैछु, त्यसो भएछ भने कारवाही हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780