विश्वभर कोरोना संक्रमितको संख्या छ करोड ९२ लाख नाघ्यो

जनकपुरधाम । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या छ करोड ९२ लाख नाघेको छ । वल्र्डोमिटर्सको विहिवार अद्यावधिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ६ लाख ४३ हजार ४७२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या छ करोड ९२ लाख २८ हजार २९४ पुगेको छ ।

सोही अवधिमा विश्वभर कोरोना संक्रमणबाट थप १२ हजार २६० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख ७५ हजार ६२१ पुगेको छ । यसैगरी संक्रमतिमध्ये हालसम्म ४ करोड ७९ लाख ८३ हजार ४८७ निको भएका छन् ।

हाल विश्वभर १ करोड ९६ लाख ६९ हजार २८६ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ लाख छ हजार ८१३ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस