सप्तरीमा कति छन् कोरोनाका सक्रिय संक्रमित?

राजविराज, २५ मंसिर । सप्तरीमा पहिलो पटक वैशाख २९ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलका १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको थियो । जिल्लामा कोरोना देखिएको झण्डै ८ महिना वित्न लागेको छ ।

यस अवधिमा यो समाचार तयार पर्दासम्म २० हजार ७६५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १ हजार ७९७ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।

संक्रमितमध्ये जिल्लामा हालसम्म ३७ जनाको ज्यान गइसकेको छ भने १ हजार ६७० जना निको भएका छन् । हाल जिल्लामा ९० जना सक्रिय संक्रमित छन् ।

होम आइसोलेसनमा ८३ जना, राजविराजस्थित साइकृष्णा मेडिकल कलेज आइसोलेसनमा २ र खडक नगरपालिकाको आइसोलेसनमा ३ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस