संसद् विघटनको प्रस्ताव लोकतन्त्रको मर्म र संविधानको प्रावधान विपरीत : डा.भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न आह्वान गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसद विघटन गर्ने ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नु पर्ने अवस्था आएको बताए ।

उनले ट्वीटरमा भिडिओ सार्वजनिक गर्दै भने–‘यसमा मेरो निजी विचार रहँदै आएको छ । अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनुपर्ने कुरा फेरि पुष्टि गर्छ, संसद विघटनको प्रस्ताव अत्यन्त दुखद् एवं लोकतन्त्रको मर्म र संविधानको प्रावधान विपरीत हो ।’

Author:



क्याटोगरी छान्‍नुहोस