सिराहाको सुखीपुर नगरपालिका कार्यालयमा प्रेसर कुकर बम

 

राजविराज, ७ पुस । सिराहाको सुखीपुर नगरपालिकाको कार्यालयमा मंगलवार प्रेसर कुकर बम फेला परेको छ ।

कालो झोलामा राखिएको अवस्थामा प्रेसर कुकर बम फेला परेको हो । सरसफाई गर्ने क्रममा कर्मचारीले उक्त कालो झोला फेला पारेका थिए । झोला खोलेर हेर्दा प्रेसर कुकर बम रहेको पाईएको थियो । बम फेला परेकोबारे सिराहा प्रहरीका निमित प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले पुष्टि गरेको छ । उनका अनुसार उक्त प्रेसर कुकर बम निस्क्रिय पार्ने प्रयास भईरहेको छ ।

यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै सुखीपुर नगरपालिकाको कार्यालयमा २०७७ पुस ०६ गते बेलुकी चेतावनी कार्वाही स्वरुप बम राखिएको जनाएका छन् । मधेशी कर्मचारीहरुद्वारा आम सेवाग्राही मधेशीहरु चरम शोषित, उत्पीडित र अपमानित भएको भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘शोषित, उत्पीडित मधेशीहरुको राय, सल्लाह र सहयोगमा सर्वसाधारण मधेशीलाई हेप्ने, हेला गर्ने अहंकारी मधेशी कर्मचारीमाथि जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले हदैसम्मको कार्वाही गर्दै आईरहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस